देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पमाथिको महाभियोगको प्रस्ताव तल्लो सदनबाट पारित

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पारित गरेको छ ।

गएको हप्ता वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएको अभियोगमा ट्रम्पमाथि महाभियोग लगाइएको थियो ।

बुधबार भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा उनकै पार्टी रिपब्लिकनका १० जना सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाभियोग लागेको थियो ।

तल्लो सदनले महाभियोगका पक्षमा २ सय ३२ तथा विपक्षमा १ सय ९७ मत परेको छ । तल्लो सदनले प्रस्ताव पारित गरे पनि ट्रम्पलाई दोषी ठहर गर्न माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले महाअभियोग पास गर्नु पर्ने हुन्छ ।