देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा सोमबारदेखि विद्यालय खुल्ने

देशान्तर

भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ  । त्यहाँको सरकारले  अर्को हप्तादेखि विद्यालयमा अध्ययन/अध्यापन सुरु गराउने निर्णय गरेको हो ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । अन्य कक्षाको बारेमा केही जानकारी दिइएको छैन ।

विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले बताएका छन् । विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

उनीहरुकाअनुसार आउँदो  १८ तारिख अर्थात आउँदो सोमबारदेखि विद्यालय खुलाउने तयारी छ । दिल्लीका विद्यालयमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।

दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ ।