देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से २८ अंकले बढ्यो, झण्डै पाँच अर्बको सेयर किनबेच

देशान्तर

काठमाडौं – नेप्सेको उच्च बृद्धिदरले साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज २८ दसमलव ३१ अंकले बढेर २२ सय ६७ दसमलव ७३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ८९ अंकले बढेर चार सय ३३ दसमलव २८ बिन्दुमा चढेको छ । दुई सय दुई वटा कम्पनीहरुको ४५ हजार पाँच सय ६९ वटा कारोवारमा एक करोड ३५ लाख ३१ हजार दुई सय २७ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये ट्रेडिङ समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ५४ अंकले बढेर १७ सय ३७ दसमलव ७१ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ७३ दसमलव २७ अंकले बढेर १० हजार पाँच सय ६५ दसमलव ६६ बिन्दुमा चढेको छ । यि बाहेक बिकास बैंक, जीवन बीमा, जलबिद्युत, लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर आठ सय २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ७८ प्रतिसतले घटेर दुई सय २९ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार ६५ रुपैयाँ अन्तिम मुल्यमा २९ करोड छ लाख ३४ हजार चार सय ७० रुपैयाँको कारोवार भएको छ ।