देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश

देशान्तर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश गरिएको छ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएको आरोपमा सोमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

डेमोक्र्याटिकाहरुले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन् ।

महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि बुधबार तल्लो सदनको बैठक बस्नेछ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी वीसमा सत्ता सम्हाल्दै छन् । त्यसको नौ दिनअघि ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो । राष्ट्रपति ट्रम्पविरुद्ध एकै कार्यकालमा दोस्रोपटक महाभियोग लगाइएको हो ।

तल्लो सदनबाट लगाइएको महाभियोगबारे माथिल्लो सदन सिनेटमा सनुवाइ हुनेछ । त्यहाँबाट महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक हुन्छ ।

बुधबार डेमोक्र्याटिक पार्टीका नेता जो बाइडननले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा हासिल गरेको जितलाई प्रमाणित गर्ने विषयमा छलफल भइरहेका संसदमा ट्रम्पका समर्थकले हतियार सहित आक्रमण गरेका थिए । घटनामा एक प्रहरी सहित पाँचजनाको मृत्यु भएको थियो ।