देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगमा

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड–माधव समूह का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु निर्वाचन आयोग पुगेको बताइएको छ । संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधिन रहेका छन् तर निर्वाचन आयोग चुनावको तयारी गरिहेको सन्दर्भमा पनि उनीहरुले आयोग समक्ष कुरा राख्ने बताइएको छ ।

नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सो दावीको बारेमा निर्वाचन आयोगले अध्ययन गर्दैछ ।