देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटी, चेल्सी र टोटनह्याम एफ ए कपको चौथो चरणमा

देशान्तर

 म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफ ए कपको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा बर्मिङघम सिटीलाई तीन शुन्यले पराजित गर्दै म्यानचेष्टर सिटी चौथो चरणमा पुगेको हो ।

सिटीका लागि बर्नाडो सिल्भाले दुई र फिल फोडेनले एक गोल गरे । अर्को खेलमा मोरक्याम्बलाई चार शुन्यले हराउदै चेल्सी पनि अघिल्लो चरणमा पुगेको छ ।

चेल्सीको जितमा टिमो वेर्नर, मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे । टोटेनह्याम पनि मारिन एएफसीलाई पाँच शुन्यले हराउदै अघिल्लो चरणमा पुगेको छ ।

टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे । यस्तै लुकास मौरा र अल्फी डिभाइनले एक एक गोल थपे । अर्को खेलमा ब्राइटनले न्युपोर्ट काउन्टीलाई पेनाल्टीमा चार तीन गोल अन्तरले हराएको छ ।