देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा

देशान्तर

युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । साबिक विजेता युभेन्टसले गएराति भएको इटालियन सिरी ए फुटबलमा प्रभावशाली जितसहित चौथो स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे ।

सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सीधै रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गरेर युभेन्टसलाई अग्रता दिलाए ।

त्यसैगरी डिफ्रेलले ५८ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ९२ औं मिनेटमा रोनाल्डोले गरेको गोल निर्णायक बन्दा युभेन्टस ३–१ को गोलअन्तरले विजयी भएको हो । जितसँगै चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा रोमा र इन्टरमिलान २–२ गोलको बराबारीमा रोकिएका छन् । इन्टर मिलानको १७ खेलबाट ३७ तथा रोमाको ३४ अंक छ ।