देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाका पूर्व महासचिव केसीकाे निधन

देशान्तर

राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

बिभिन्न रोगको संक्रमणले थलिएका शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

२०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।