देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तरका स्तम्भकार ज्ञवाली सम्मानित

देशान्तर

काठमाडौं । सूचक प्रकाशनले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई सूचक सम्मानले सम्मानित गरेको छ । साहित्यतर्फको सूचक सम्मान साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ तथा इतिहासविद् प्रा.दिनेशराज पन्तले सम्मान प्रदान गरे । देशान्तर साप्ताहिकका स्तम्भकारसमेत रहेका सम्मानित ज्ञवालीका मौलिक र सम्पादित गरी ५० भन्दा बढी कृति प्रकाशित भइसकेका छन् ।

यस्तै सोही कार्यक्रममा बौद्ध लेखक तीर्थरत्न शाक्य, साहित्यकार नवीना श्रेष्ठ, महिला अधिकारवादी सीमा खान, साहित्यकार तथा पत्रकार प्रकाश सिलवाल, कलाकार एकराज शाक्यसमेतलाई विभिन्न सम्मान प्रदान गरियो ।

कार्यक्रममा कविहरू राधिका पन्त, हरिविक्रम केसी, लक्ष्मीप्रसाद ज्ञवाली, प्रीति कौर, रश्मी रिमाललगायतका कविहरूले कवितावाचन गरेका थिए । दीपक भेटवालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पन्तले स्रष्टालाई सम्मान गर्ने परम्पराले उत्साह थपिने धारणा व्यक्त गरे ।
सम्मानित स्रष्टा ज्ञाननिष्ठ ज्ञवालीले राजनीतिक विसंगतिप्रति व्यंग्य गरिएको कविता सुनाए । सम्मानित स्रष्टाहरूले सम्मानले थप जिम्मेवारी थपिएको विचार व्यक्त गरे ।