देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुन्छ :प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् ।

राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई व्यवहारिक रुपमा अगाडि बढाउन परराष्ट्रमन्त्रीको भारत भ्रमणले सहयोग गर्नेसमेत बताए ।