देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकको मुना मदन २ ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुल्दै

देशान्तर

काठमाडौ । चर्चित गायक एजम् संगीतकार जनक विवश न्यौपानेको मुनामदन २ ले दर्शकको मन जितेको छ ।युटुवमा राखेको १ सातामा २ लाख ५१ हजार पटक हेरिएको छ । दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको गायक न्यौपानेले बताए । दर्शकबाट पाएको प्रतिक्रियाबाट आफु सन्तुष्टि रहेको बताउँदै आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला मिलेका गायक न्यौपानेले बताए ।

मनोज कार्कीको प्रस्तुती रहेका गीतमा रचना रिमाल र जनक विवश न्यौपानेको आवाज रहेको छ । गीतमा शब्द संगीत गायक जनक विवश न्यौपानेको रहेको छ भने राजु कार्कीको एरेन्जर र संजय शेर्पालीको सम्पादन रहेको छ ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र याङ्शु श्रेष्ठ फिचर्ड रहेका छन् । जनक सिंङको निर्देशन रहेका भिडियोेमा अवि वाग्लेको कोरियोग्राफी, उत्सव दाहालको छाँयाङ्कन रहेको छ भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।