देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस प्रतिनीधिसभा पुनःस्थापनाको एजेण्डा सहित जनतामा जान्छ : रामचन्द्र पौडेल

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकलाई भूमरीबाट बचाँउनका लागि नेपाली कांग्रेसले नेतृत्व लिने बताएका छन् ।

नेपाल प्रजातान्त्रीक विचार समाजले आयोजना गरेको सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले वीपी कोइरालाले कुनै समय दक्षिण एशियामा भूमरी आउने भनेको स्मरण गर्दै अहिले प्रतिनीधिसभा विघटन गरेर भूमरी ल्याएको बताए ।

उनले नेपाललाई भूमरीबाट जोगाउनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने बताउदै पौडेलले भने –‘नेपाललाई भूमरीबाट जोगाउनका लागि संसदको पुनःस्थापना मात्रै विकल्प हो । अब कांग्रेस संसद पुनःस्थापनाका लागि जनतामा जान्छ । कांग्रेसलाई कसैले रोक्न सक्दैन ।’ सभापति शेरबहादुर देउवा समेत सहभागि कार्यक्रममा पौडेलले संविधान बचाएर मात्र चुनावमा जान सकिने बताए । उनले संविधानसभाबाट संविधान बनाउने आफुहरु अझै जीवीत रहेको भन्दै संविधान जोगाउनका लागि आन्दोलनमा जाने बताए ।


तर सविधान जोगाउनका लागि संसद पुनःस्थापनाको माग सहित आन्दोलनका कांग्रेस जाने भनिरहदा सभापति देउवाले भने आपत्ती जनाएका थिए । पूर्व प्रधानन्यायधीशहरुले आफ्नो विचार राख्दा प्रधानमन्त्री धम्की दिने अनि सर्वोच्च अदालतले पुनःस्थापना गर्नै सक्दैन भनेर प्रधानमन्त्री नै ठेक्का लिने के यही लोकतन्त्र यही हो अदालतको सम्मान पौडेलको प्रश्न थियो ।

पौडेलले संविधानमा तत्कालिन माओवादी र एमालेको इच्छा अनुसार नभइ कांग्रेस सिद्धान्त अनुसार संसदीय व्यवस्था सहितको संविधान बनेकाले कम्युनिष्टहरु संविधान भत्काउन लागेको आरोप लगाए । उनले संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीले मात्र संसद विघटनको सिफारिस गर्न सक्ने स्पष्ट व्यवस्था भएको बताए ।