बाँकेमा उपचाररत थप दुई संक्रमित महिलाको मृत्यु
- देशान्तर संवाददाता
- २०७७ पुष २६
काठमाडौ । बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
रोल्पाको लिवाङकी ४२ वर्षीया महिलाको आज बिहान ३ : ३० बजे मृत्यु भएको हो । यस्तै दाङको बबईकी ८० वर्षीया महिलाको पनि आज बिहान साढे ६ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।
उनलाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा उपचारका ल्याइएको थियो ।
धेरै पढिएको
-
‘बहुमतको सरकारले संसद् विघटन गर्नै सक्दैन’
२०७७ पुष २७ -
उठ्ला त साझा प्रकाशनको शान ?
२०७७ माघ ५ -
नेपाली कांग्रेस कुन दिशातर्फ उन्मुख हुने ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्