देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

देशान्तर

काठमाण्डौ – इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो ।

जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् ।

जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।