देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको सरकारी अस्पतालमा आगलागी, १० जना नवजात शिशुको मृत्यु

देशान्तर

काठमाडौं – भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा. प्रमोद खन्डातेका अनुसार गयराति नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा १९ जना शिशुहरुको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रातको समय वार्डबाट धुँवा निस्केको देखेपछि नर्सले प्रशासनलाई जानकारी गराएको र विद्युत सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । जिल्ला अस्पतालमा अबेर राति विद्युत सर्ट हुँदा सिक न्यूबर्न केयर यूनिट (एसएनसीयू) मा आगलागी भएको हो ।

आगलागीमा परेकामध्ये ७ जना शिशुहरुलाई जिवितै उद्दार गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि माग गरिएको छ ।