देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शनिबार काठमाडौंका यी ठाउँमा जान्छ बत्ती ? (सूचनासहित)

देशान्तर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । चक्रपथ विस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, वनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्याङ, ठूलोभर्याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा भने विद्युत् आपूर्ति समय अगावै हुने प्राधिकरणले जनाएको छ ।