देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

देशान्तर

स्याङ्जा – जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् ।

ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।