देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली धनगढीमा , प्रचण्ड नेपाल समूहका विद्यार्थीद्धारा टायर बालेर प्रदर्शन

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । नेकपाको ओली पक्षले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन् धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओली धनगढी पुग्दा यसअघिको जस्तो प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु तथा प्रदेश सांसदहरु तथा प्रतिनिधिहरुको सहभागिता देखिएन ।

प्रधानमन्त्री ओलीको धनगढी आगमन एक पक्षको भेला भएकाले र अहिले पार्टी विवाद उत्कर्षमै रहेकाले मुख्यमन्त्रीसहित प्रचण्ड(नेपाल पक्ष स्वागतमा सरिक नभएको बताइएको छ ।

यसैबीच प्रचण्ड(नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको धनगढी आगमनको विरोध गर्दै सडकमा टायर बालेका छन् । ओलीले सम्बोधन गर्ने खुलामंच नजिक विद्यार्थीहरुले टायर बालेर विरोध गरेका हुन् ।