सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खस्यो,घटनाबारे थप विवरण आउन बाँकी
- देशान्तर संवाददाता
- २०७७ पुष २३
काठमाडौ । सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार बोटेचौरदेखि सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो।
प्रारम्भिक जानकारीअनुसार बोटेचौरदेखि सल्लीबजार जाँदै गरेको बस भेरीमा खसेको खबर आएको छ। प्रहरी दुर्घटनास्थलमा भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
धेरै पढिएको
-
‘बहुमतको सरकारले संसद् विघटन गर्नै सक्दैन’
२०७७ पुष २७ -
देउवाको मतिभ्रम र कांग्रेसको अन्योल
२०७७ पुष २६
प्रतिकृया दिनुहोस्