देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँको टोखामा चक्कु प्रहार गरी लुट

देशान्तर

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ । गए राति चाररपाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ । चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।