देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु

देशान्तर

काठमाडौ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु भएको हो।

गण्डकी प्रदेश सभाको यस विशेष अधिवेशनमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको बारेमा साझा संकल्पको रुपमा प्रस्तुत गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

अधिवेशनमा गरिबी निवारण, बेरोजगारी समस्या समाधान र प्रदेश सरकारले अघि बढाएका बहुवर्षीय योजनाहरुको व्यवस्थापन र कार्यान्वयनको सम्बन्धमा सार्वजनिक महत्वको विषयमा छलफल हुने उनले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनेकपा भित्रको विवादका कारण प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने राजनीतिक आँकलनकाबीच मुख्यमन्त्री गुरुङले आफू अल्पमतमा नपर्ने दाबी गरे।