देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघ ७ मा वाग्मती प्रदेशसभाको बैठक

देशान्तर

मकवानपुर – वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेक छन् ।

प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए। प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो ।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य रहेका छन् ।