काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपा ९प्रचण्ड–माधव० पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितीको बैठक बसिरहेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बैठक चलिरहेको छ। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको छलफलमा जुटिरहेका छन्। आन्दोलनको नेतृत्व प्रवक्ता श्रेष्ठले गरिरहेका छन्। संघर्ष समितिका बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।
यसअघि पनि प्रचण्ड पक्षले सरकारको कदमलाई असंवैधानिक भन्दै आन्दोलन गरेको थियो। तर, केही दिन आन्दोलन गरेपछि अन्य दलसँग पनि सहकार्य गर्नका लागि आन्दोलन स्थगित गरेको थियो। तर, अन्य दलले सँगै आन्दोलनमा जाने पक्षमा नदेखिएपछि एक्लै आन्दोलनमा जाने तयारी गरेको छ।
संघर्ष समितिको बैठकपछि दिउँसो ३ बजे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया