देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घट्यो

देशान्तर

काठमाण्डौ . ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ ।

आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।​ डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगो सल्किरहेको प्रजिअ चापागाले भने । अहिले पनि ती मुडामा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेका छन् ।

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ । डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको प्रजिअ चापागाईँले बताए । उनकाअनुसार जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ ।

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो ।