देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालिकोटमा भीरबाट लडेर ३६ वर्षीया महिलाको मृत्यु

देशान्तर

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।

भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उहाँका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए । इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उहाँको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।