देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरास्थित फिस्टेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

देशान्तर

काठमाडौं । कास्कीको पोखरास्थित फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २ की ५८ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ७३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार उनीमा बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।