देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाइजरको भ्याक्सिन लगाएको एक सातामै कोरोना संक्रमण !

देशान्तर

काठमाडौँ – अमेरिकामा कोरोनाको भ्याक्सिन लगाएकी एक महिलालाई कोरोना संक्रमण भएको छ । रोयटर्सका अनुसार क्यालिफोर्निया राज्यकी एक ४५ बर्षिय नर्सलाई फाइजरको भ्याक्सिन लगाएको एक सातापनि कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य विज्ञहरुले फाइजरको भ्याक्सिनले काम गर्न केहि समय लगाउने बताएका छन् । दुई स्थानीय अस्पतालमा नर्सको काम गर्ने ४५ बर्षिय माथ्यु डब्लुले फेसबुकमा डिसेम्बर १८ मा आफुले फाइजरको भ्याक्सिन लिएको र भ्याक्सिन लगाएको ठाउ सुन्निए पनि अन्य साइड इफेक्ट भने नभएको बताएकी छन् ।

भ्याक्सिन लगाएको ६ दिनपछि उनी विरामी भएको र उनको कोरोना पोजेटिभ देखिएको थियो ।स्वास्थ्य विज्ञहरुले यस्तो स्थितिको आशा नगरिएको प्रतिक्रिया दिएका छन् । भ्याक्सिनको ट्रायलबाट भ्याक्सिनले काम गर्न कम्तिमा १० देखि १४ दिन लाग्ने देखिएको बताउदै उनीहरुले फाइजरको भ्याक्सिनको पहिलो डोजले लगभग ५० प्रतिशत र दोस्रो डोजले ९५ प्रतिशतसम्म बचाउने विश्वास गरिएको छ ।