देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

डा। शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५स्२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।