काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले पुँजी बजारसँग सम्बन्धित निकायहरुलाई प्रो–एक्टिभ भएर लाग्न निर्देशन समेत दिए । पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न समेत निर्देशन दिए ।
हाल सेयर कारोबार गर्दा ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले यसलाई ०.२५ प्रतिशतसम्ममा झार्नुपर्ने माग गर्दैआएका छन् ।
प्रतिक्रिया