देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ६ अङ्कभन्दा धेरैले घट्यो

देशान्तर

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बुधबार ६ दशमलव २ अङ्कले घटेको छ । बुधबार जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र बीमा समूहको सूचक घटेसँगै समग्र शेयर बजार परिसूचक नेप्से घटेको हो । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १६० दशमलव ८५ अङ्कले घटेको छ । तर बैंक, व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक, माइक्रो–फाइनान्स र म्युचल फण्ड समूहका सूचक भने सुधार भएको छ ।

बुधबार दिनभर एक सय ९९ कम्पनीका पाँच अर्ब १४ करोड ४६ लाख रुपैयाँभन्दा धेरैका एक करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ९१ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोड ३९ लाख, नबिल बैंक लिमिटेडको १८ करोड ४८ लाख र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बुधबार च्यांदी हाइड्रोपावर कम्पनी लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० कम्पनीका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ४ दशमलव ४८ प्रतिशत गुमाएका छन् ।