देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व शिक्षा प्रणालीमा मनास्लु कलेजलाई उभ्याउने योजनाका साथ अघि बढेका छौं

देशान्तर

राजन श्रेष्ठ, प्राचार्य, मनास्लु वल्र्ड कलेज

मनास्लु वल्र्ड कलेजको पृष्ठभूमिबारे बताइदिनुस् न ?

विभिन्न क्षेत्रमा आआफ्नो विज्ञता हासिल गरिसकेका उद्यमीहरूको समूहद्वारा सञ्चालित मनास्लु टिम अफ इन्टरप्रिनियरमार्फत सञ्चालन गर्ने र केवल शैक्षिक संस्थाको रूपमा मात्र नभई भविष्यमा विभिन्न क्षेत्रहरूमा युवा नेतृत्वहरू उत्पादन गर्ने प्रकृतिको संस्था बनाउने भन्ने उद्देश्यले यस कलेजको स्थापना भएको हो । काठमाडौंमा च्याउसरी उम्रिएका कलेजहरूको भीडमा एउटा छुट्टै र स्थापित शैक्षिक संस्थाको रूपमा स्थापना गर्ने उद्देश्य लिई सबै शैक्षिक कार्यक्रमहरू लिएर सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा शिक्षा प्रेमीहरूमाझ यस्तो विषम परिस्थितिमा पनि सञ्चालन गरेर सफलतातर्फ अग्रसर भइरहेको हामीले स्पष्ट रूपमा बुझ्न सकिन्छ ।

शिक्षा प्राप्तिको हिसाबले कलेजलाई कसरी चिनाउनुहुन्छ ?

शिक्षा क्षेत्रमा यस कलेजले सुरुआती समयमा नै विद्यार्थीहरूको शैक्षिक तथा व्यावहारिक जीवनका आयामहरूलाई विभिन्न सिकाइका माध्यमबाट शिक्षा हासिल गर्न चाहने विद्यार्र्थी तथा अभिभावकहरूका लागि मनास्लु वल्र्ड कलेज एक उत्कृष्ट गन्तव्य हो । किनभने हामीले व्यवहारमुखी शिक्षा, नेतृत्व विकास तथा व्यक्तित्व विकासलगायतका विभिन्न शिक्षाका पाटाहरू शिरोपर गरी आफ्ना शैक्षिक योजनाहरू निर्माण गरेका छौं । शिक्षा प्राप्तिका हिसाबले सैद्धान्तिक तवरमा मात्र नभई पूर्णत जीवनोपयोगी र प्रयोगात्मक सीपसहित स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष तथा हरेक तह र तप्कामा नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेछ ।

यतिबेला संसारभरि नै शैक्षिक गतिविधि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ, तपाईंहरूले विद्यार्थीको सिकाइ प्रक्रिया कसरी अगाडि बढाउनु भएको छ ?

कोभिड—१९ ले विश्व नै आक्रान्त बनाइरहेको अवस्थामा नेपाल तथा नेपालको शिक्षा क्षेत्र पनि अछुतो रहने कुरै भएन । यद्यपि हामीले यस्तो विषम परिस्थितिमा पनि आफ्नो विवेक, सीप, क्षमता तथा आधुनिक प्रविधिको प्रयोग गरी अनलाइन तथा भच्र्युअल कक्षाहरू समयमा नै सुचारु गरेका थियौं । नेपालको शैक्षिक परिवेशमा सिक्ने सिकाउने प्रक्रियाहरू अनलाइन प्ल्याटफर्महरूमार्फत त्यत्ति प्रभावकारी नदेखियता पनि त्यसको विकल्पमा जान सकिएन र लकडाउनको सुरुआतदेखि आजको मितिसम्म आइपुग्दा चाहेर या नचाहेर, जानेर या नजानेर सम्पूर्ण नेपाली विद्यार्र्थी तथा शिक्षक शिक्षिकाहरूलाई प्रविधि मैत्री बनाएको छ । हाम्रो कलेजले पनि स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनलाई प्रयोग गरेर विशेषगरी अनलाइन साथै केही कक्षाहरू भौतिक रूपमै पनि सञ्चालन गर्दै आइरहेका छौं ।

मनास्लु कलेजको शैक्षिक विशेषताहरू के के हुन् ?

शिक्षा क्षेत्रमा अगाडि बढ्न र स्थापित हुनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र लगानीको तयारीले मात्र कुनै पनि शैक्षिक संस्था अब्बल रहँदैन । यसका अलावा आफ्नो छुट्टै पहिचान बनाउनका लागि विभिन्न शैक्षिक विशेषताहरूको आवश्यकता पर्दछ । जस्तै १) अनुभवी नेतृत्व तथा शिक्षकहरूद्वारा अध्यापन गराइने, २) हाइटेक प्रयोगात्मक प्रयोगशालाहरू रहेको, ३) अत्याधुनिक भौतिक पूर्वाधार तथा पर्याप्त खेलकुद मैदान रहेको, ४) विषयगत परामर्शको व्यवस्था, ५) उच्चतम सूचना प्रविधिको प्रयोग गरी अध्यापन तथा व्यवस्थापन गरिने, ६) ई लाइब्रेरीको व्यवस्था गरिएको, ७) विदेशी भाषाका कक्षाहरू सञ्चालन गरिने, ८) अन्तर्राष्ट्रिय संस्थासँग समन्वयन गरी संस्कृति आदानप्रदान तथा स्वयंसेवक परिचालन गरिने, ९) विद्यार्र्थीहरूको चाहनाबमोजिमको विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने र १०) इच्छुक विद्यार्र्थीका लागि तालिम तथा जव इन्टर्नका व्यवस्था ।

कस्ता खालका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ ?

मनास्लु वल्र्ड कलेजमा कक्षा ११ र १२ मा सम्पूर्ण संकायहरूमा कक्षाहरू सञ्चालन गरिरहेका छौं र यस शैक्षिक सत्रको लागि बीबीएसका कक्षाहरू सञ्चालन हुने छ र निकट भविष्यमा नै विभिन्न स्नातक तहका कार्यक्रमहरू हाम्रा विद्यार्र्थीका लागि सञ्चालनको तयारी गरिरहेका छौं ।

मनास्लुमा अध्ययन गर्न चाहनेहरूले कस्ता खाले प्रक्रियाबाट अघि बढ्नुपर्छ ?

मनास्लु वल्र्ड कलेजमा भर्ना प्रक्रियाका लागि प्रथम चरणमा विद्यार्र्थी तथा अभिभावकहरूले कलेजमा आई आवश्यक परामर्श लिन सक्नेछन् । तत्पश्चात रजिस्ट्रेसन फारम भरी कलेजले तोकेको प्रवेश परीक्षा दिई उत्तीर्ण भएपछि मात्रै भर्ना प्रक्रियाको लागि सम्पूर्णरूपमा तयार हुनेछ ।

भावी कार्ययोजना के छ ?

मनास्लु टिम अफ इन्टरप्रिनियरमार्फत पहिलो तथा महत्वकांक्षी परियोजनाको रूपमा शैक्षिक क्षेत्रलाई अगाडि सारेका छौं । छोटो समयमा नै शैक्षिक क्षेत्रमा मनास्लु आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । यसको सफलतालाई आत्मसात गर्दै शैक्षिक क्षेत्रमा मन्टेश्वरीदेखि पीएचडीसम्मका कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यअनुरूप शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । स्नातक तहको लागि अमेरिकाको Kentucky University बाट सम्बन्धन ल्याई चाँडै नै विश्वशिक्षा प्रणालीमा हाम्रो कलेजलाई उभ्याउने योजनाका साथ अघि बढिरहेका छौं ।