अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।
जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन् ।
हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् ।
प्रतिक्रिया