देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

कैलाली – कैलालीको धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर १८ गते उनमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा गए राती सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनमा कडा खालको निमोनिया थियो ।