देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पद सम्हालेको सय दिनमा १० करोड अमेरिकीलाई खोप दिने बाइडेनको प्रतिवद्धता

देशान्तर

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफुले पद सम्हालेको एक सय दिनमा १० करोड अमेरिकीलाई कोभिड विरुद्धको खोप दिने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने भएपनि संक्रमणको अवस्थामा सुधार ल्याउने बाचा उनले गरेका हुन् ।

जनवरी २० मा कार्यकाल शुरु गर्दा हुने स्वास्थ्य कार्यदललाई परिचय गराउदै उनले एक सय दिनसम्म मास्क लगाउन आग्रह पनि गरे ।

यसैबीच अमेरिकी नियामकले फाइजर र बायोएन्टेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । औपचारिक निर्णयका लागि एफडिएको बैठक बिहीबार हुँदैछ ।

त्यस्तै राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा सो आदेशले कसरी काम गर्छ कि गर्दैन भन्ने अझै खुलेको छैन । उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको उल्लेख गरेका छन् ।