काठमाडौं । नेपाली बजारमा लगातार घटेको पहेंलो धातु सुनको मूल्य मंगलवार भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ हजार ५०० रुपियाँले वृद्धि भएको हो । महासंघका अनुसार मंगलवार छापवाला सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपियाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६५० रुपियाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दुई दिन सोमवार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपियाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि यसदिन वृद्धि भएको उकालो लागेको छ । मंगलवार चाँदी तोलामा ३० रुपियाँ वृद्धि भएर प्रतितोला १ हजार २३५ रुपियाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया