देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा एकैदिन एक सय २३ अंकको गिरावट

देशान्तर

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से एकैदिन एक सय २३ दसमलव ३४ अंकले घटेर १९ सय ३२ दसमलव ११ पुग्दा सेन्सिटिभ पनि २१ दसमलव ६२ अंकले घटेर तीन सय ७० दसमलव ६७ अंकमा पुगेको छ ।

एक सय ९७ वटा वटा कम्पनीहरुको ६१ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब २० करोड ९१ लाख ८० हजार दुई सय १३ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । त्यसमध्ये बाँणिज्य बैंक समुहको सुचक ६४ दसमलव नौ अंकले घटेर १४ सय ३३ दसमलव ६९ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि ८६ दसमलव ५१ अंकले घटेर १५ सय ४५ दसमलव १६ बिन्दुमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ६९ दसमलव २५ अंकले घटेर नौ हजार तीन सय ४३ दसमलव ३५ बिन्दुमा झर्दा बिकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य दुई दसमलव ३० प्रतिसतले बढेर एक सय ७८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको डिप्रोक्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिसतले घटेर १२ सय ८७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ६२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब १६ करोड आठ लाख ३१ हजार एक सय ५६ रुपैयाँको कारोवार भएको छ ।