काठमाडौ – विराटनगरका दुई अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सिराह मिर्चैयाका ७५ वर्षीय बृद्धको बिहीबार राति १२ बजे मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार छातीमा समस्या र ज्वरोका कारण अस्पतालमा भर्ना गरिएका बृद्धको बिहीबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
बेलुका कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेशनमा राखिएको थियो । त्यसैगरि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिकाका ५६ वर्षीय पुरुषको पनि मध्यरातमा मृत्यु भएको हो । ती व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा मंसिर १३ गते विराटनगरको विराटनगर अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि आफन्तले उनलाई बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गराएका थिए । आइसोलेशनमा रहेका उनको बिहीबार मध्यरातमा मृत्यु भएको आइसोलेशन इन्चार्ज सुनिल देवले जानकारी दिए।
प्रतिक्रिया