देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको गयो ज्यान

देशान्तर

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किँदा एक वन कर्मचारीको ज्यान गएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–१ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोला छन् ।

गस्ती गएको समयमा बुधबार राति बुलबुल सामुदायिक वनमा फेला परेको बन्दुक गाडीमा राखेर कार्यालयतर्फ ल्याइएको थियो । उक्त बन्दुक गाडीबाट निकाल्ने क्रममा अचानक पड्किँदा बस्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामुदायिक वनभित्र हतियारसहितको टोली देखेपछि वन कर्मचारीले उनीहरुलाई लखेटेका थिए । वन कर्मचारीलाई देखेपछि हतियारधारी समूह बन्दुक फालेर फरार भएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।