देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलमाथि भएको अभद्र व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग

देशान्तर

काठमाण्डौ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अभद्र व्यवहार भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसको संसदीय दलको कार्यालयले आज विज्ञप्ति निकालेर पौडेलमाथि अभद्र व्यवहार गरी पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो । शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँले निषेधाज्ञा जारी गरी कांग्रेसका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान विपरीत हुने गरी भएको यो घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको संसदीय दलले माग गरेको छ । हिजो तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो ।

पक्राउ परेको ३ घण्टापछि प्रहरीले उनलाई छोडेको थियो । यस्तै, पौडेलले गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताएका छन् ।