देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रात्रिकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलका व्यवसायीको प्रदर्शन

देशान्तर

काठमाडौं । रात्रिकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलका व्यवसायीले बुधबार प्रदर्शन गरेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सञ्चालन गर्न नपाए भोकले मर्ने स्थिति आउने बताए ।

सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शन गरेको प्यवसायीहरु बताउँछन् । अध्यक्ष राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)बाट रात्रिकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए । रात्रिकालीन व्यवसायीले विभिन्न नारा लेखिएका ब्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडक छेउमा उभिएका थिए ।