देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा उच्च बृद्धि, ७० अंकले बढदा सात अर्बभन्दा बढीको कारोवार

देशान्तर

काठमाडौं – नेप्सेको उच्च बृद्धिले साताको  चौथो कारोवार दिन बुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज ७० दसमलव ६२ अंकले बढेर दुई हजार ७१ दसमलव दुई अंकमा चढेकोमा सेन्सिटिभ पनि १२ दसमलव २५ अंकले बढेर तीन सय ९६ दसमलव चार अंकमा चढेको छ ।

आज दुई सय एक वटा कम्पनीहरुको ६१ हजार छ सय ३६ पटकको कारोवारमा एक करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ७२ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचक घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३८ अंकले बढेर १५ सय सात दसमलव ३२ अंकमा पुग्दा लघुबित्त समुहको सुचक पनि दुई सय ३२ दसमलव ५६ अंकले बढेर तीन हजार एक सय ५८ दसमलव ५४ अंकमा चढेको छ । बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा जनसेवी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १७ सय १६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १९ प्रतिसतले घटेर २० हजार एक सय रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता १२ सय ९२ रुपैयाँ अन्तिम मुल्यमा ४० करोड सात लाख ८३ हजार सात सय ५५ रुपैयाँको कारोवार भएको छ ।