देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप चारजना कोरोना संक्रमृतको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तु, दाङ, गुल्मी र झापाका एक एक जनाको मृत्यु भएको छ।

रुपन्देहीको बुटवलमा रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजनाको मृत्यु भएको हो। जसमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीया पुरुषको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए। त्यहाँ आइसियुको अभाव भएपछि सोमबार मात्र रिफर गरेर बुटवल ल्याइएको थियो। यस्तै, कपिलबस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटाकी ५० वर्षीया महिलाको सोमबार राति १० बजे मृत्यु भएको छ। मंसिर १३ गते कोरोना पुष्टि भएर होम आइसोलेनमा बसेकी उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो।

भैरहवाको भिम अस्पतालमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय वृद्धको सोमबार राति पौने १ बजे मृत्यु भएको भिम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए। गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि भिम अस्पताल ल्याइएको थियो।

यस्तै, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाको दमककी ८२ वर्षीया मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। मृर्गौलासम्बन्धी रोग भएकी उनलाई मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन्।