देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण अफ्रिकाविरुद्धकाे टी-२० सिरिज इंग्ल्याण्डद्वारा क्लिनस्वीप

देशान्तर

घरेलु टोली दक्षिण अफ्रिकामाथिको ३ टी-२० खेलको शृंखला इंग्ल्यान्डले क्लिन स्वीप गरेको छ । केपटाउनमा म‌ंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा डाविड मलानले अविजित ९९ रन प्रहार गरेपछि इंग्ल्यान्डले ९ विकेटको जित निकालेको हो ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि जस बटसर र मलानले पहिलो विकेटका लागि १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए । फलस्वरुप इंग्ल्यान्डले १४ बल अगावै खेल जितेको हो ।

बटलरले ४६ बलमा ६७ रन जोडे । ४७ बलको सामना गरेका मलानले ११ चौका र ५ छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले फाफ डू प्लेसिस र रसी भान डर डुसेनको १ सय २७ रनको अविजित साझेदारीमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

प्लेसिसले ३७ बलमा ५० र डुसेनले ३२ बलमा ७४ रनको विष्फोटक अर्धशतकीय पारी खेले । डुसेनले आफ्नो पारीमा ५ चौका र ५ छक्का प्रहार गरे ।

इंग्ल्यान्डले पहिलो र दोस्रो खेल क्रमसः ५ र ४ विकेटले जितेको हो । यो जितसँगै शृंखला ३-० ले आफ्नो पक्षमा मात्र पारेको छैन अस्ट्रेलियालाई पछि पार्दै वरियतामा पनि शीर्ष स्थानमा पुगेको छ ।