देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन दसमलव ३५ अंकले बढ्यो नेप्से

देशान्तर

काठमाडौं – नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोवार रकम दुबैमा आज करेक्सन देखिएको छ । नेप्से आज तीन दसमलव ३५ अंकले बढेर दुई हजार दसमलव ४० बिन्दुमा चढेकोमा सेन्सिटिभ भने एक दसमलव ७७ अंकले घटेर तीन सय ८३ दसमलव ७९ अंकमा बिन्दुमा झरेको छ । आज एक सय ९७ वटा कम्पनीहरुको ६७ हजार तीन सय ५५ पटकको कारोवारमा एक करोड ८५ लाख ७६ हजार सात सय आठ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वता समुहको सुचक घटेर रातो देखिएको छ भने पाँच वटा समुहको सुचक बढेर हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव ४३ अंकले घटेर १५ सय दसमलव ९४ बिन्दुमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । जीवन बीमा समुहको सुचक भने आज दुई सय १६ दसमलव ८३ अंकले बढेर १२ हजार दुई सय ५६ दसमलव २२ बिन्दुमा चढेकोमा जलबिद्युत, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९७ प्रतिसतले बढेर १५ सय ९९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मुल्य नौ दसमलव २४ प्रतिसतले घटेर दुई सय ७५ रुपैयाँमा कारोवार भएको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा ६५ करोड ७९ लाख ८८ हजार एक सय दुई रुपैयाँको कारोवार भएको छ ।