देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुलह्यामले लेस्टर सिटीलाई हरायो

देशान्तर

 इङ्ग्लिस प्रिमियर लिग फुटबलमा राति भएको खेलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ ।

लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २-१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १-१ गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।