देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् भने ५३५ जना क्वारेन्टिनमा छन्।