देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्पताल शिलान्यास गर्न कर्णाली प्रदेश मन्त्रीले गरे हेलिकप्टर चार्टर

देशान्तर

काठमाडौ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् ।

सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् ।

गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास गर्न सर्केगाड पुगेको गाउँपालिका स्रोतले जनाएको छ । सर्केगाड मन्त्री रावलकै निर्वाचन क्षेत्र हो ।

‘यो मन्त्रीज्यूकै निर्वाचन क्षेत्र हो । त्यसैले गाउँपालिकाले नै व्यहोर्ने गरी हेलिकप्टर चार्टर्ड गरेर मन्त्रीज्यूबाट नै अस्पतालको शिलान्यास गरिएको हो’ गाउँपालिका स्रोतले भन्यो ।

मन्त्री रावल गाउँपालिकामा बन्न लागेको १५ शय्याको अस्पताल शिलान्यास गरेर सुर्खेत फर्किएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताए ।

पछिल्लो समय कर्णालीका हिमाली जिल्लाहरुमा सानादेखि ठूला कामसम्म मन्त्रीहरु हेलिकप्टर लिएर जाने गरेका छन् । संघीय सरकारको कार्यक्रममा पनि आफ्नो नाम जोड्न प्रदेश सरकारका मन्त्रीहरु खर्च गरेरै गाउँ पुग्ने प्रवृत्ति देखिएको सर्केगाडका एक स्थानीयले बताए ।