देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

देशान्तर

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण उनी राजधानीको ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

२ दिन अघि कोरोना संक्रमित भएका उनलाई स्वासप्रश्वासमा समस्या भएपछि आज विहानै अस्पताल भर्ना भएका हुन् ।

गत मंगलाबार नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको बन्द प्रशिक्षणमा सहभागी हुनेहरुको पीसीआर परीक्षणमा सन्दीप अनुपस्थित थिए ।

त्यतिबेला चितवनमा रहेका सन्दीप नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी हुन गरिएको पीसीआरमा उनको नतिजा पोजेटिभ आएको थियो ।

त्यसपछि घरमै आईशोलेशनमा बसेका सन्दीप गाह्रो भएपछि ह्याम्स अस्पताल भर्ना भएका हुन् ।