देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेल्सी र टोटनह्यामले खेले बराबरी, म्यान्चेस्टर युनाईटेड विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गए राति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

१० खेलबाट २१ अंक जोडेको टोटनह्याम शीर्ष स्थानमा रहँदा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३-२ ले हराउँदा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ । प्रिमियर लिग फुटबलमा साेमबार लेष्टर सिटी र फुल्हम भिड्दैछन् ।

साेमबारकाे खेल जितेमा लेष्टर सिटीले तालिकाको शीर्ष स्थानमा रहेको टोटनह्याम तथा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गर्नेछ ।