देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षण सुरु गर्ने तयारी

देशान्तर

काठमाडौ । सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट परीक्षण सुरु हुने भएको हो ।

उपत्यकामा कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानीलकण्ठ, सोह्रखुटेलगायतका स्थान छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेका अनुसार पछिल्लो समय संक्रमितहरू सरकारले सम्पर्कमा कम आउन थालेपछि यो टेस्टलाई प्राथमिकता दिइएको हो ।